HamroNepalDainik.com
समाचार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

महोत्तरी : श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

श्रीमती हत्या गरेको आरोपमा औरही नगरपालिका–६ वैरियाका ३० वर्षीय मनोज चौधरी पक्राउ परेका हुन्। चौधरीले २६ वर्षीया श्रीमती कविताको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार घरायसी विवाद हुँदा उनले कवितालाई कैँची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।गम्भीर घाइते भएकी कवितालाई रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।   चौधरीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालामा राखिएको महोत्तरी प्रहरीले जनाएको छ। अन्नपूर्ण पोस्ट

Related posts

बुद्ध जयन्तीको अवसरमा बिरगंजको भिस्वा डाँडामा सरसफाई

hamronepaldainik

जिराभवानी गा.पा.द्वारा ३६ करोड बढिको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

hamronepaldainik

श्री नेपाल स्काउट निमाविमा अध्यनरत्त विद्यार्थीहरुलाई स्विटर र जुत्ता वितरण

hamronepaldainik
HamroNepalDainik