HamroNepalDainik.com
Uncategorizedसमाचार

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा १० महिला सहित ७६ जनाले गरे रक्तदान

७ असोज, वीरगंज । प्राइम कमर्सियल बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेश कार्यालयको आयोजनामा बैंकको आदर्शनगर वीरगंज शाखाले “रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ मंगलबार बैंक परिसरमा आयोजित कार्यक्रममा १० महिला सहित ७६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।

रक्तदान गर्नेहरुमा शाखाका प्रमुख मेघनाथ सोनार, श्रीमती ज्योति सर्राफ, नितेश कण्ठ, मनमोहन शर्मा, रिता साह, बिन्दु सिंह क्षेत्री,विक्की कुवर ,राहुल कर्ण, सुबोध जोसी,अर्पना श्रेष्ठ,सागर गुरुङ , युनुस मन्सुरी,सुमित बिस्ट, सुस्मिता भुजेल, करण चौरसिया, अवधेश ठाकुर, लगायतकाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र सिंहले बताए ।

सो रक्तदान कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुर्य प्रसाद तिवारी तथा अधिकृत भास्कर मल्ल, मर्यादा थापा,ईश्वर श्रेष्ठ  वीरगंज शाखाका प्रबन्धक मेघनाथ सोनार, नरेश शर्मा, नितेस कुमार, मनमोहन शर्मा, निजगढ शाखाका प्रबन्धक दिपेश खड्का, जीतपुर शाखाका कर्मचारी रंजित आर्याल , पोखरिया शाखाका कर्मचारी राजकुमार चौधरी र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमाका प्रबन्धक, कर्मचारीहरु तथा बैंकका ग्राहकहरुको सहभागिता रहेको थियो ।

Related posts

एल.एस. न्यूरो हस्पिटलमा ‘आमा सुरक्षा’ कार्यक्रम संचालन

hamronepaldainik

कालिकामाई गाउँपालिकाको ८ औं गाउँसभा सुरु उपाध्यक्ष बरैनीको कारण नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण स्थगित

hamronepaldainik

अनुमति विना संचालित ५ वटा विद्यालयमा सिलबन्दी

hamronepaldainik
HamroNepalDainik