HamroNepalDainik.com
समाचार

वीरगंजको बाइपासमा कार दुर्घटना, एक जनाको मृत्यु सहित ३ जना घाइते

वीरगंज । वीरगंजको बाइपास सडकमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरास्थित बाइपास सडकमा आईतबार दिउँसो भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास भट्टका अनुसार गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि बाराकाे परवानीपुर गाउँपालिका लिपनिमालस्थित एलएस न्युरो अस्पताल लगिएको थियो ।

उपचारकाे क्रममा अन्दाजी ३० वर्षीय बिटु सर्राफलाई चिकित्सकले मृत घोषणा गरेका हाे । दुर्घटनामा घाइते हुने अन्यमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ, सोही स्थानका २० वर्षीय रतन सर्राफ र २१ वर्षीय बिटु सर्राफ रहेका छन् ।

Related posts

जसपाले सांसद यादवलाई केन्द्रबाट हटायो

hamronepaldainik

वीरगंज नापी कार्यालयका बिचाैलिया एक लाख पचिस हजार घुस सहित रंगे हात पक्राउ

hamronepaldainik

जनता आवास कार्यक्रमको बजेटमा संयोजक देखि कार्यालय निमित्त प्रमुखको रजाई

hamronepaldainik
HamroNepalDainik