HamroNepalDainik.com
समाचारस्थानिय

गोल्डेन फ्युचर एकेडेमी बिज्ञान प्रविधिहरुको प्रदर्शनी

वीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीहरुले बिज्ञान बिषयका प्रविधिहरुको प्रदर्शनी गरेका छन् ।

गोल्डेन फ्युचर एकेडेमीका डाइरेक्टर डा. उमेश चौरसियाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यमा सो बिज्ञान प्रविधिको प्रदर्शनी भएको हो ।

कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका विभिन्न प्रविधिका औजार देखि अन्य सामाग्रीहरु प्रदर्शन गरेका थिए । प्रदर्शनको उदघाटन समारोहमा प्रहरी उपरीक्षक मिश्रले विद्यार्थीहरुले तयार गरेको विभिन्न प्रविधिहरुको अवलोकन गर्ने क्रममा निजी बिद्यालयले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत धेरै उपलब्धि हासिल गरेको बताए ।

आजका यी विद्यार्थीहरुले बैज्ञानिक ज्ञान हासिल गरे जस्तै धेरै किसिमका प्रविधि तयार गरेकोमा धन्यवाद समेत दिए । विद्यार्थीहरुको भावना अभिभावकले पनि बुझ्न जरुरी रहेकोले सबै आफ्नो इच्छा अनुसार बन्न नसक्ने भएकोले कोही इन्जिनियर डाक्टर पाइलट समाजसेवी कोही बैज्ञानिक बन्न सक्ने एसपी मिश्रले बताए ।

बिज्ञान प्रदर्शनी कार्यक्रममा स्कूलका संचालिका नितु चौरसिया डाक्टर प्रमोद कुशवहा, प्रिन्सिपल उमश साह, सनलाइट माविका प्रिन्सिपल आलोक चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खडका, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, विरेन्द्र पण्डित, शिक्षा महाशाखाका आनन्द लामिछाने, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराइ, जितेन्द्र सिंह,अरुण यादव लगायतले आ–आफ्ना शुभकामना मनतव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन शिक्षक हिदय नारायण सिंहले गरेका थिए   ।

Related posts

चक्कु प्रहार गरी इ रिक्सा चालककाे हत्या : बीरगन्जका अटाे चालकहरू आन्दोलित

hamronepaldainik

हाम्रा स्रोतसाधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ ः अध्यक्ष दाहाल

hamronepaldainik

महानगर द्वारा कन्ट्री इन होटललाई २५ हजार जरिबाना

hamronepaldainik
HamroNepalDainik