HamroNepalDainik.com
समाचारस्थानिय

कालीकामाई गाउँपालिको एक स्कुलमा बेहोस भएर दर्जौनो विद्यार्थी ढले

१९ फागुन, बिरगंज । पर्साको कालीकामाई गाउँपालिको वडा नम्बर –४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा बिहान १०:१० बजे प्रार्थना सुरुभए लगत्तै कक्षा ६ कि एक छात्रा बेहोस् भइन् । उनलाई तत्कालै विद्यालयको अफिमा पुर्‍याएर प्राथमिक उपचार गरियो ।

‘चक्कर अएको जस्तो भएर ढलेकी थिइन् । विद्यालय नजिकै अस्पताल थियो । डाक्टर बोलाएर उपचार गर्‍यौं,’ विद्यालयका प्रधानाध्यापक इन्द्रदेव प्रसाद कुर्मीले भने । ती छात्राको उपचार चलिरहेको थियो कक्षा १० को अर्को छात्रा पनि ढलिन् । विद्यालयले उनलाई पनि अफिसमा ल्याएर उपचार सुरु गर्‍यो । फेरि केहीबेरमा कक्षा ७ को अर्को छात्रा पनि बेहोस् भइन् । क्रमशः कक्षा, ८ र ६ का विद्यार्थी पनि एकपछि अर्कोगरी बेहोस् हुन थाले । यसरी नै १४ जना विद्यार्थी ढले ।

‘१३ जनाको उपचारपछि निको भयो तर कक्षा ९ का १ विद्यार्थी भने गम्भीर भएपछि एम्बुलेन्स बोलाएर मेडिकल कलेज वीरगञ्जमा पुर्‍यायौं । अहिले उपचार भइरहेको छ,’ प्रधानाध्यापक कुर्मीले भने ।
एकपछि अर्कोगरी विद्यार्थी ढलेपछि विद्यालयमा तनावको स्थिति बन्यो । ‘आजको कक्षा बन्द गरेर विद्यार्थीलाई घरमा पठायौं,’ प्रधानाध्यापक कुर्मीले भने । घरमा पुगेपछि पनि ४ जना विद्यार्थी बेहोस् भएको जानकारी प्रधानाध्यापक कुर्मीलाई आयो । के कारणले विद्यार्थी यसरी ढले भन्नेमा पहिचान नभएको उनले बताए ।

‘मेडिकल रिपोर्ट आएको छैन । के कारण हो पहिचान भएको छैन । एक जना ढलेको देखेर अरू पनि ढलेको हुन सक्छ,’ प्रधानाध्यापक कुर्मीले भने ।घरमा गएका विद्यार्थी पनि बेहोस् भएर ढलेपछि दुई दिनका लागि विद्यालय नै बन्द गरिएको छ । ‘भोलि र पर्सिका लागि बिदा दिएका छौं । सबै राम्रो भयो भने बिहीबारदेखि कक्षा सञ्चालन गछौं,’ प्रधानाध्यापक कुर्मीले भने ।

Related posts

जिल्ला मै पहिलाे बहुदरमाई नगरपालिकाको दशौ नगर सभा सम्पन्न

hamronepaldainik

पाेखरियामा मालापाेत तथा नापी कार्यालयकाे उद्घाट यही फागुन १५ गते हुने

hamronepaldainik

चुनाव जुन सुकै बेला पनि हुन सक्छ, तयारीमा लाग्नुस् : उपेन्द्र यादव

hamronepaldainik
HamroNepalDainik