HamroNepalDainik.com
राजनीतिसमाचार

विकास ,सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी काम गर्ने छु : रामाकान्त चौरसिया

वीरगंज –  क्षेत्रका दीर्घकालीन समस्यालाई चुनावी एजेण्डाको केन्द्रमा शिक्षा, स्वास्थ र विकास ,सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी बाट निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामाकान्त चौरसियाले प्रतिबद्धता व्यक्त गरेका छन्।

चुनावी प्रचारप्रसारलाई तीव्र बनाउने क्रममा चौरसियाले सखुवाप्रसौनीको बिभिन्न  वाडहरुमा घरदैलो कार्यक्रम सञ्चालन गरी मतदाता भेटघाट तथा प्रत्यक्ष संवाद गरेका हुन्। कार्यक्रममा उनले स्थानीय बासिन्दासँग सडक, ढल निकास, फोहोर व्यवस्थापन, खानेपानी आपूर्ति तथा सुरक्षासम्बन्धी गुनासाहरू प्रत्यक्ष सुने।

उम्मेदवार चौरसियाले यस्ता समस्या अस्थायी योजनाले समाधान नहुने उल्लेख गर्दै दीर्घकालीन पूर्वाधार विकास योजनाको आवश्यकता औंल्याए। संघीय संसद्मा निर्वाचित भएपछि क्षेत्रका समस्यालाई प्राथमिकतामा राखी सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर स्थायी समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए।

घरदैलो कार्यक्रममा सहभागी मतदाताले विकासको आश्वासनभन्दा कार्यान्वयनमा जोड दिन आग्रह गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै चौरसियाले निर्वाचनपछि नियमित जनसम्पर्क, सार्वजनिक सुनुवाइ तथा प्रगति प्रतिवेदनमार्फत नागरिकलाई जानकारी गराउने प्रणाली विकास गर्ने आश्वासन दिए।

Related posts

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज वार्ड नं १७ अलौं को टोल कमिटी गठन

hamronepaldainik

आर्थिक मन्दीको कारण वीरगन्ज भन्सारमा थन्किए १२०० सयभन्दा बढी सवारीसाधन

hamronepaldainik

आइतबार सार्वजनिक बिदा खारेज

hamronepaldainik
HamroNepalDainik