वीरगन्ज ,२५ माघ
नेकपा एमाले निकट नेशनल भोलिन्टियर फोर्सको मधेश प्रदेश हेडक्वाटर सदस्यमा पर्साका बिक्की सिंह चयन चएका छन ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २० निवासी युवा नेता सिंह फोर्सको मधेश प्रदेश हेडक्वाटर सदस्यमा चयन भएका हुन ।
जिल्ला कै सक्रिय युवा नेताको रुपमा रहेका उनलाई फोर्सको मधेश प्रदेश हेडक्वाटर सदस्य नियुतm गरीएको मधेश प्रदेश प्रमुख नवराज बस्नेतले जानकारी दिए ।
उनका अनुसार युवाहरुको माझमा सक्रिय र संगठन बुझेकाहरुलाई यो फोर्समा चयन गर्न थालिएको अवस्था छ ।
माघ १७ मा बसेको प्रदेश स्तरिय बैठक र कमाण्डर घोषणा कार्यक्रमबाट मधेश प्रदेश भरीका युवाहरुलाई यसमा समावेश गरी जिम्मेवारी प्रदान गरीएको बस्नेतले बताए ।
यस्तै पर्साबाट युनिफाईड सदस्यहरुमा अलिराज चौहान , सन्तोष महतो , कन्हैया दुबे , राघव पटेल र संजय गीरि पनि चयन भएको मधेश प्रदेश प्रमुख प्रमुख बस्नेतले बताए ।

