HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदुत तइयोङबीच भेटवार्ता

काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरवार स्थित कृषि मन्त्रालयमा आज भएको भेटघाटमा दुई देशबीचको सम्बन्धन एवं सहयोग अदानप्रदान बारेमा छलफल भएको छ । भेटमा दुई देश बिच १९७४ साल देखी कुट्नैतिक सम्बन्ध रहदै आएको र अहिले पनि त्यो सम्बन्ध सुमधुर रहेको मन्त्री भुसालले बताए ।

कोरिया नेपालको घनिष्ट मित्र र भरपर्दो साझेदार रहेको बताउँदै मन्त्री भुसालले कोरियाले नेपालको आर्थिक–सामाजिक विकाशमा महत्वपुर्ण सहयोग गरेको बताए । ‘कोरियाले पहिलेका दिनहरूमा पनि नेपाललाई सहयोग गर्दै आएको छ । हामीबीच रहेको सम्बन्धन अझै बलियो बनाउँदै अगाडी बढनुपर्छ । अहिलेसम्म कोरियाले गरेको सहयोगका लागि हामी धन्यावाद व्यक्त गर्न चाहन्छौं’ मन्त्री भुसालले भेटका क्रममा भने ।

राजदुत तइयोङले कोरिया निक्कै गरिबिबाट अगाडी बढेको मुलुक भएको र त्यो बेला नेपालले कोरियालाई गरको सहयोग स्मरण गरे । ‘कोरिया निक्कै गरिविबाट अगाडी बढेको मुलुक हो । हामिलाई त्यो बेलामा नेपालले सहयोग गरेको थियो र अहिले हामी दिन सक्ने अवस्थामा छौ, नेपालले मागेको सहयोग गर्न सक्ने अवस्थामा छौ । नेपालको आर्थिक बिकासका लागि हामी सहयोग गर्न चाहन्छौं’ राजदुत तइयोङले भने ।

अहिले नेपाली कामदार कोरियामा ११ हजार भन्दा बढी कृषि पेशामा रहेको बताउँदै उनले अहिले जति श्रमिक कृषि पेशामा छन् १० वर्षपछि नेपालमा आएर कृषि पेसामा लाग्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो मुलुकमा काम गरेर फर्किने श्रमिकले पैसा र सिप दुबै आर्जन गर्ने छन् र त्यो आफ्नो दक्षता नेपालको कृषि उत्पादनमा लगाउँने छन्’ राजदुत तइयोङले भने ।

आगामी नोभेम्बर सम्ममा कोरियाका कृषि मन्त्री नेपाल भ्रमण गर्ने बारेमा समेत मन्त्री भुसाल र राजदुत तइयोङका बीचमा छलफल भयो । सोही क्रममा मन्त्री भुसालले दुई देशबिचमा एउटा (एमओयू) तयार गरी अगाडी बढाउने प्रस्ताव समेत राखेका छन् ।

जवाफमा राजदुत तइयोङले कोरिया कृषिबाट नै अगाडी बढेकाले देश विकाशमा कृषि क्षेत्रको ठुलो भुमिका रहेको बताउँदै कोरियाले नेपाललाई सहयोग गर्न चाहेको बताए । साथै कोरियाली मन्त्री नेपाल भ्रमण गर्नु भन्दा पहिले (एमओयू) तयार गर्ने र भ्रमणको बेला हस्ताक्षर हुने गरी अगाडी बढ्ने उनले बताए ।

Related posts

जगरनाथपुरको १३ औं अधिवेशनबाट, ४५ करोड ४१ लाखको बजेट प्रस्तुत

hamronepaldainik

सबै समाजवादी एवं प्रगतिशिल शक्तिहरु एकजुट हुनु पर्ने पूर्व प्रधानमन्त्री खनालको भनाई

hamronepaldainik

कालिकामाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नमोनाथ यादव

hamronepaldainik
HamroNepalDainik