HamroNepalDainik.com
बैंक/वित्तशिक्षासमाचार

नेको इन्सुरेन्स वीरगंजद्वारा बहुअर्वाभठ्ठा स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण

वीरगंज २३ माघ ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. २ स्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुअर्वा भठ्ठामा नेको इन्सुरेन्स लिमिटेड वीरगंज शाखाले शुक्रवार “नेकोको अभियान, शिक्षामा योगदान” भन्ने मुल नाराका साथ बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा कम्पनिका मधेस प्रदेश कलस्टर हेड बिक्रम आलेले शहरमा मात्र नभई गाउँ–गाउँ, घर–घरमा बिमा सम्बन्धि जानकारी दिने उदेश्यका साथ विद्यार्थीहरु सँग अभिमुखिकरण कार्यक्रम गरिएको बताए ।


नेको इन्सुरेन्स लि. लिंक रोड वीरगंज शाखाका इन्चार्ज ओम प्रकाश पटेल र वीरगंज शाखा कर्मचारी प्रनिश सापकोटाले सो स्कूलमा अध्यनरत्त कक्षा ९ र १० का विद्यार्थीहरुलाई बिमा के हो ? बिमा कसरी हुन्छ, यसबाट हुने फाईदाहरु लगायतका विषयमा जानकारी गराएका थिए ।
सो अवसरमा बिमा कम्पनिले सो विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई डायरी, जोमेट्रीक बक्स, क्यालकुलेटर, पेन लगायतका शैक्षिक सामग्रीहरु समेत वितरन गरिएको थियो ।
श्री राधाकृष्ण चौरसिया मा.वि.का प्रधानाध्यापक सरोज चौहानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, बुद्धिजिवी, सञ्चारकर्मी लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

 

Related posts

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क दन्त शिविर सम्पन्न

hamronepaldainik

गठबन्धनले दियो घरदैलोलाई निरन्तरता, राजेशमान प्रतिको आकर्षण बढ्दै

hamronepaldainik

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री आक्रोसित, भने– संघीयता विरोधीहरु बदनाम गर्न खोजियो

hamronepaldainik
HamroNepalDainik