HamroNepalDainik.com
समाचारस्थानिय

पोखरिया नगरपालिकाको ९ औं नगर सभाबाट ४४ करोड ४० लाखको बजेट प्रस्तुत

९ असार, पोखरिया । पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ४० लाख २७ हजार ४ सय ४८ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार पोखरिया–४ स्थित प्राचीन शिव मन्दिरको धर्मशालामा आयोजित नवौं नगर सभाबाट सर्वसम्मत रुपमा बजेट प्रस्तुत गरिएको हो ।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा बजेट बुक उपप्रमुखको हस्तान्तरणपछि प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १० करोड ५९ लाख, सशर्त चालु अनुदान २० करोड २१ लाख, सम्पूरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड १३ लाख र राजस्व बाँडफाँड ९ करोड २८ लाख २७ हजार ४ सय ४८ रहेकाे छ ।

बजेट सार्वजनिक कार्यक्रममा वडाध्यक्षहरू प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानु, महेन्द्र महतो चाई, सिमानन्द चौहान, प्रमानन्द पटेल, किसोरी साह तेली, नौसाद आलम, सोनालाल गोढ, साथै कार्यपालिका सदस्य, समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई मुल्याङ्कनको आधारमा कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण शिव पटेल र भगवान प्रसाद साह कानुले गरेका थिए ।

Related posts

आर्थिक क्रान्तिको लागि नेपाली काङ्ग्रेसको जित आवश्यक : नेता रिजाल

hamronepaldainik

महानगरद्वारा ‘मुस्लिम उत्थान सुझाव समिति’ गठन

hamronepaldainik

कामै नसकी तिलावे पुल उद्घाटन गरिँदै

hamronepaldainik
HamroNepalDainik