HamroNepalDainik.com
Uncategorizedराजनीतिसमाचार

ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा पहिलो चरणको नतिजा सार्वजनिक

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ ।

चारवटा मतगणना केन्द्रमा अहिलेसम्म २५२ सय मतपत्र गणना गरिएको छ । दुइ सय ५२ मत गन्दा सभापतिमा राजकुमार यादवले ६३ मत प्राप्त गरेका छन् । उनी नेविसंघको बागी उम्मेदवार हुन् ।

त्यसपछि दोस्रो स्थानमा बिकास मण्डल छन । निर्वाचन समितिका अनुसार मण्डलले ४४ मत पाएका छन । मण्डल भने नेविसंघको आधिकारिक उम्मेदवार हुन् ।

त्यसैगरी अर्का तेस्रो स्थानमा कमलेश यादवले ३६ मत प्राप्त गरेका छन भने हरिकिशोर यादवले २९ मत पाएका छन । जारी परिणाम अनुसार ३ वटा मत भने बदर भएको छ ।

Related posts

शान्भी फाउन्डेसनद्धारा निःशुल्क १५ दिने ब्युटिसियन तालिम सुरु

hamronepaldainik

पुराना गाडीलाई नयाँ बनाएर बिक्री, भन्सार कार्यालयकै सहयोग

hamronepaldainik

काँग्रेसको अधिवेशनमा प्रमुख निर्वाचन अधिकृत केसीको मनपरी

hamronepaldainik
HamroNepalDainik