HamroNepalDainik.com
समाचारस्थानिय

विश्रामपुरको प्रमुख प्रशासकीय अधिकृतमा ओझा हाजिर

बारा । बाराको विश्रामपुर  गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राकेश ओझा हाजिर भएका छन । नेपाल कै आर्थिक नगरी  वीरगन्ज महानगरसँग जोडिएको उक्त गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुधन लामिछानेले कार्यभार सम्हाल्दै आएकोमा आज आइतबार अधिकृत ओझा हाजिर भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत ओझालाई गाउँपालिका अध्यक्ष  जुल्फकार अलि भुटो र उपप्रमुख प्रियंका देवीले लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले माला , गम्छा र अविरको टीका लगाई स्वागत गरेका छन्।

गाउँपालिकालाई जिल्लाको नमुना गाउँपालिका बनाउने काममा आफूले निर्वाचित जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत ओझा गरेका छन्।

अधिकृत ओझाले आफूले कानुनको परिधिभित्र रहेर काम गर्ने बताए । कानुन अनुसार नागरिकको सेवामा दत्तचित्त भएर काम गर्न उनले कर्मचारीहरुले निर्देशन समेत दिएका छन् । यसअघि विभिन्न पालिका तथा कार्यालयको कार्यालय प्रमुखको रुपमा ओझाले कार्यभार सम्हालि सकेका छन् ।

Related posts

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

hamronepaldainik

वीरगंजमा लाईसेन्स रकममा विक्री हुने गरेको खुलासा

hamronepaldainik

युवाको साथले तातेको रामगढवा–बहुवरी : शुशिल साह कानुको घरदैलोमा युवाको जोश र परिवर्तनको आवाज

hamronepaldainik
HamroNepalDainik