HamroNepalDainik.com
समाचार

पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर : मानव अधिकार आयोग

१४ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ ।

बिहीबार स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको मृत्यु भएको थियो ।
त्यस्तै १० वर्षीय पवन राई र ७ वर्षीय दिपसन राई घाइते भएका थिए । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी उक्त घटनाको कोशी प्रदेश कार्यालयले अनुगमन सुरु गरेको जानकारी दिएको छ ।

आयोगले उक्त बिस्फोट द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभावी छाडिएका विस्फोटक पदार्थ हुनसक्ने आशङ्का गरेको छ । आयोगले पटकपटक यस्ता विस्फोटक पद्धार्थ हटाउन र त्यसको प्रगति आयोगमा जानकारी गराउन सिफारिस गर्दा पनि यसरी बालबालिकाको ज्यान जानु दुःखद भएको पनि बताएको छ ।

उक्त घटनाको निपपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले माग गरेको छ ।त्यस्तै जथाभावी छोडिएका यस्ता विष्फोटक पदार्थहरु निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई निर्देशन दिएको छ । अनलाईन खबर

Related posts

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

hamronepaldainik

घुम्न गएका विद्यार्थीले चढेको जिप दुर्घटनामा परी , ८ जनाको मृत्यु

hamronepaldainik

बिन्दबासिनी गाउँपालिकाको १३ औं गाउँसभा : ३१ करोड ३० लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik
HamroNepalDainik