HamroNepalDainik.com
समाचार

पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर : मानव अधिकार आयोग

१४ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ ।

बिहीबार स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको मृत्यु भएको थियो ।
त्यस्तै १० वर्षीय पवन राई र ७ वर्षीय दिपसन राई घाइते भएका थिए । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी उक्त घटनाको कोशी प्रदेश कार्यालयले अनुगमन सुरु गरेको जानकारी दिएको छ ।

आयोगले उक्त बिस्फोट द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभावी छाडिएका विस्फोटक पदार्थ हुनसक्ने आशङ्का गरेको छ । आयोगले पटकपटक यस्ता विस्फोटक पद्धार्थ हटाउन र त्यसको प्रगति आयोगमा जानकारी गराउन सिफारिस गर्दा पनि यसरी बालबालिकाको ज्यान जानु दुःखद भएको पनि बताएको छ ।

उक्त घटनाको निपपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले माग गरेको छ ।त्यस्तै जथाभावी छोडिएका यस्ता विष्फोटक पदार्थहरु निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई निर्देशन दिएको छ । अनलाईन खबर

Related posts

कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरीः मन्त्री चौरसिया

hamronepaldainik

बन्धक शिशुलाई उद्धार गर्न जाँदा डीएसपीमाथि छुरा प्रहार

hamronepaldainik

राष्ट्रव्यापी महिला अधिकार अभियान आज देखी शुरु

hamronepaldainik
HamroNepalDainik