HamroNepalDainik.com
राष्ट्रियसमाचार

एमालेले बोलायो सचिवालय बैठक

२३ असार, काठमाडौं । नेकपा एमालेले मंगलबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो १२ बजे सचिवालय बैठक राखिएको कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओलीलाई  प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ ।

आइतबार प्रतिनिधिसभा बैठक अगाडि एमालेले संसदीय दलको बैठक राखेको थियो । यो बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो । अनलाईन खबर

Related posts

हृदयघातको कारणले युवा पत्रकार नरेश सरार्फको निधन

hamronepaldainik

सिडियोले शान्ती सुरक्षा दिलाउन नसकेपछि कर्मचारीहरु आन्दोलित

hamronepaldainik

भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकाहरुको निस्सा वितरण

hamronepaldainik
HamroNepalDainik