HamroNepalDainik.com
Uncategorizedसमाज

श्री मसरुर पब्लिक आधारभुत विद्यालयको १५ औं वार्षिकोत्सव सम्पन्न

वीरगंज १८ जेठ ।
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनी भाठ्ठाले एक भव्य कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ ।
“सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ सम्पन्न सो वार्षिकोत्वसको अवसरमा २०८० सालको परीक्षामा प्रथम, दोस्रो र तेस्रो गर्ने कक्षा नर्सरी देखि नौ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
मोईन अहमदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि अहमदिया संघका पि एम रसिद साहेब, बिशिष्ट अतिथि विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योती चौरसिया लगायतकाले आ–आफ्ना शुभकामना मनव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक साजाद हुसैन गद्दीले धन्यबाद ज्ञापन गरेको सो कार्यक्रमा शिक्षाप्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी लगायत करिब ७०० जनाको सहभागिता रहेको थियो ।

Related posts

द्वार देवी मन्दिर संचालन तथा संरक्षण समिति द्वारा सम्मान कार्यक्रम सम्पन्न।

hamronepaldainik

शिल्पा उपस्थित नभएपछि ‘सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक बन्दै

hamronepaldainik

एसिया प्यासिफिक विकास परिषदको अफिसरमा वीरगन्ज जेसीजका अध्यक्ष चौरसिया नियुक्त

hamronepaldainik
HamroNepalDainik