HamroNepalDainik.com
Uncategorizedमनोरंजन

शिल्पा उपस्थित नभएपछि ‘सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक बन्दै

१२ श्रावण २०७८

बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा पोर्नोग्राफीको मामलमा प्रहरी हिरासतमा छन् । भारतमा पोर्न चलचित्र छायांकन गरेर एपबाट प्रशारण गरेको आरोपमा राज पक्राउ परेका हुन् । उनीमाथि अहिले प्रहरीले छानबिन गरिरहेको छ ।

राज पक्राउ परेपछि यसको सिधा असर शिल्पाको करिअरमा पनि परेको छ । उनी, ‘सुपर डान्सर ४’ को निर्णायक थिइन् । यो लोकप्रिय रियालिटी शोमा शिल्पा राज पक्राउ परेपछि उपस्थित भएकी छैनन् ।

शिल्पा अझै केही साता यो शोमा सहभागी नहुने भारतीय मिडियाले उल्लेख गरेका छन् । शिल्पा शोमा उपस्थित हुन नसक्ने भएपछि अब शोका निर्माताले नयाँ निर्णायक तय गरेका छन् ।

मिडियाका अनुसार, शोको निर्णायकमा नायक रितेश देशमुख र नायिका जेनेलिया डिसुजालाई अनुवन्धित गरिएको छ । उनीहरु, अतिथी निर्णायकको रुपमा कार्यक्रममा सहभागी हुने छन् । यो शोमा गीता कपूर र अनुराग बासु मुख्य निर्णायकको रुपमा छन् ।

जेनेलिया र रितेशले एकसाथ शोमा निर्णायकको रुपमा उपस्थित हुने इच्छा व्यक्त गरेपछि शोका निर्माताले पनि दुबैलाई अतिथी निर्णायकको रुपमा राख्न राजी भएका हुन् ।

यो शोमा मुख्य निर्णायकको रुपमा रहेकी शिल्पालाई दर्शकले निकै रुचाएका थिए । शिल्पा शोबाट टाढा रहँदा उनका फ्यान भने पक्कै निराश हुनेछन् ।

Related posts

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

hamronepaldainik

सशस्त्र प्रहरीद्वरा ट्रक सहित ठुलो मात्रामा लागु औषध गाजा बरामद

hamronepaldainik

उमाशंकर रायभरलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालतलाई आदेश

hamronepaldainik
HamroNepalDainik