HamroNepalDainik.com
शिक्षासमाचार

श्री नेपाल स्काउट नि.मा.वि.मा अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

१९ वैशाख,वीरगंज । अहमदिया संघ नेपालले पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ स्थित रहेकाे श्री नेपाल स्काउट नि.मा.वि. इटियाहीमा पंखा तथा शैक्षिक सामग्री सहयाेग गरेकाे छ । अमहदिया संघले बुधबार एक कर्यक्रमका बिच विद्यालयलाई १० थान पंखा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चाैरसियाले जानकारी दिए |
विद्यालयका बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरि चर्को घामको प्रकोपले स्वास्थ्यमा पर्न सक्ने असरबाट बेलैमा जाेगाउन उद्देश्यले पंखा सहयोग गरिएको अहमदिया संघ नेपाल पर्साका इन्चार्ज हासिम अहमदले बताए ।
बिगत केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन अध्यापन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययन मैत्री बनाईदिन भन्दै संघ पर्सा जिल्ला इन्चार्ज हासिम अहमदलाई आग्रह गरेपछि संस्थाले पंखा तथा शैक्षिक सामग्री उपलब्ध गराएको विधालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसियाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि अहमदिया संघ नेपालका कोषाध्यक्ष इसरयल अहमदले यस विधालयलाई हाम्रो अहमदिया संघ नेपालले आउने दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।

Related posts

पकहामैनपुर गाउँपालिकामा सरकारी गाडीको चरम दुरूपयोग ।

hamronepaldainik

वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

hamronepaldainik

बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रको लापरवाहीले सेवाग्राही मर्कामा

hamronepaldainik
HamroNepalDainik