HamroNepalDainik.com
समाचार

एसपी कुमोध ढुंगेल पर्सामा आउदै

वीरगन्ज– नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । त्यसैगरी सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रन्जित सिंहले राठौरलाई पठाएको छ । चितवनमा भावेश रिमाल सरुवा भएका छन् भने सिन्धुपाल्चोकमा संतोष खड्कालाई पठाएको छन् ।
त्यसैगरी, झापामा मिलन केसी, मोरङमा नवराज कार्की, सिरहामा सन्तोष आचार्यको सरुवा भएको छ ।
सरुवा भएका एसपीहरुको फागुन महिना देखिको तलब–भत्ता नयाँ दरबन्दी कायम भएअनुसार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।साभार हमार बिरगंज

Related posts

पर्सामा ट्राफिक सप्ताह २०८२ अन्तर्गत सडक सुरक्षा सचेतनामूलक कार्यक्रमहरू जारी

hamronepaldainik

शिक्षक चौहानको गैरजिम्मेवारीका कारण नेराप्रावि फुलकौलको अवस्था भताभुङ्ग

hamronepaldainik

जसपाद्धारा वीरगंज–१९ मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik