HamroNepalDainik.com
बैंक/वित्तसमाचार

सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा शिलबन्दी

बीरगन्ज । बीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. बीरगन्ज कार्यालयमा बिहीवार शिलबन्दी गरेको छ ।
बीरगन्ज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा नं. ६ का वडा अध्यक्ष जय प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बीर्ताको प्रतिनिधि प्रहरी सहायक निरीक्षक रामइश्वर महतो को रोहवरमा सानो पाइला सहकारीमा शिलबन्दी गरिएको बताए ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्जले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरिरहेको ले कार्बाहीको प्रकृया अगाडी बढाएको र सोही क्रममा आज शिलबन्दी गरी थप निरन्तरता दिएको बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

Related posts

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा ८ महिला सहित ८० जनाले गरे रक्तदान

hamronepaldainik

बिन्दवासिनीकाे गाउँपालिका वडा नं.५ को अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार पटेल घरदैलो अभियानमा ब्यस्त

hamronepaldainik

मधेश प्रदेशका १० प्रहरी छानबिनका लागि हेडक्वाटर तानिए

hamronepaldainik
HamroNepalDainik