HamroNepalDainik.com
समाचारसमाजस्थानिय

वीरगंजमा स्तन क्यान्सर सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न

८ पुस, वीरगंज । अवध नारायण उमा देवी मेमाेरियल फाउन्डेसन वीरगंजकाे आयाेजनामा शनिबार वीरगंजमा एक दिने स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

श्री त्रिजुद्ध महावीर  प्रसाद रघुवीर राम मावि वीरगंजमा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

फाउन्डेसनकी कार्यक्रम निर्देशक प्रा. पुष्पा कुमारी कर्णकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्रधानाध्यापक नविन कुमार मिश्र, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, युवा संघका केन्द्रिय सदस्य अनिल पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

विद्यालय शिक्षिकाहरुकाे लागि आयाेजित कार्यक्रममा स्तन क्यान्सर राेग विशेषज्ञ डा. विकाश साह र प्रसुती राेग तथा स्त्री राेग विशेषज्ञ सम्मी कर्णले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयका ६० जना शिक्षिकाहरुकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी शनिबार नै सखुवा प्रसाैनी गाउँपालिकाकाे औराहा पांचगावामा पनि स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

अवध नारायण उमा देवी मेमाेरियल फाउन्डेसन वीरगंजकाे आयाेजनामा श्री दिपनारायण आदर्श नमुना मावि औराहा पांचगावामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

Related posts

अश्लिल गीत तथा डिजे बन्दको निर्णय, कार्यान्वयनका लागि संवाद कार्यक्रम

hamronepaldainik

अदालतको भागबण्डाले खल्लो बनेको मन्त्रिपरिषद्

hamronepaldainik

पर्सा क्षेत्र नं.३(क) को प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल लोकप्रिय बन्दै

hamronepaldainik
HamroNepalDainik