HamroNepalDainik.com
शिक्षा

श्री नेपाल स्काउट नि.मा.वि. इटियाही द्वारा कपडा वितरण

२३कार्तिक बिरगंज
बिन्दवासिनी गाउँपालिका वडा नं.३ ठुलो इटियाही स्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विधालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको छ ।

नेपाल स्काउट निम्न माध्यमिक विधालयको आयोजनामा यस बिधालयको ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको हाे ।

बिहिवार विद्यालयमै आयाेजित कार्यक्रममा बिधालयको आफ्नै कोषबाट रकम निकासा गरि बाल विकास देखि कक्षा ८ सम्मका ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको यस बिधालयको ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाले जानकारी गराए ।
कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाको उपाध्यक्ष ज्योती चौरसिया,शिक्षा शाखा प्रमुख कपिल लामिछाने,बिधालय ब्यवस्थापन समिती सदस्य उमा देवी,सबिता देवी,मिना देवी,बिधालयका प्र.अ प्रमोद प्रसाद चौरसिया,शिक्षक,अभिभावक,शिक्षाप्रेमी,बुद्धिजीवी,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन बिधालयका शिक्षक राकेश चौरसियाले गरेका थिए ।

Related posts

प्याब्सन पर्सा र वीरगंजद्धारा सामाजिक अध्ययन शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न

hamronepaldainik

रामजानकी प्रा.वि भेडिहारीकाे विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा : हरिकिसोर पासवान

hamronepaldainik

कक्षा १२ को ऐच्छिक नेपालीबाट भुपाल राईको कविता हटाउन दबाव

hamronepaldainik
HamroNepalDainik