HamroNepalDainik.com
समाचारस्थानिय

हाम्रो नेपाल दैनिकको तेस्रो वार्षिकोत्सवको अवसरमा ५ महिला सहित ३२ जनाले गरे रक्तदान

वीरगंज ।
हन्ट नेपाल मिडिया प्रा.लि.द्धारा सञ्चालित हाम्रो नेपाल दैनिक डट कम अनलाईन पत्रिकाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा बुधबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वीरगंजको घण्टाघरमा आयोजित सो कार्यक्रममा ५ महिला सहित ३२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रिंकु देवी, संगम दाहाल, अन्तिमा कुमारी, सरिता देवी, रन्जु गिरी, रंजित चौरसिया, कृष्ण कुशवाहा, आसमहम्मद मिया, हरिशंकर गुप्ता, प्रभु साह, श्याम कुमार चौरसिया, रामाशंकर चौरसिया, सागर चौरसिया, निरन्जन कुमार साह, राजन मण्डल,अरुण चौरसिया, दिपेन्द्र चौरसिया,श्याम चौरसिया,निरन्जन साह,सकलदेव यादव, नाव्द आलम,रामासंकर चौरसिया, अलि असगर अन्सारी , रन्जु गिरि,  मनोज गुप्ता,बृज किशोर गुप्ता ,सिङगम दहाल , लगायत रहेका छन् । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेको समुहले प्राविधिक सहयोग गरेका थिए ।
हन्ट नेपाल मिडिया प्रा.लि.का सञ्चालक रामेश्वर चौरसियाको अध्यक्षतामा आयोजित सो रक्तदान कार्यक्रममा प्रमुख अतिथि नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले स्वस्थ्य व्यक्तिले हरेक तीन÷तीन महिनामा रक्तदान गर्न आग्रह गरेका थिए । अहिले पनि गाउँघरमा रक्तदान गर्दा कमजोरी हुने, स्वास्थ्यमा समस्या आउने जस्ता गलत सोंच र प्रवृति रहेको बताउदै त्यस्तो कुनै पनि समस्या नहुने गरेको प्रष्ट पारेका थिए । उनले हरेक ३÷३ महिनामा रक्तकोशिका आफै नष्ट भएर जाने भएकोले सबै स्वस्थ्य व्यक्तिलाई रक्तदान गर्न सुझाएका थिए ।
सो अवसरमा प्रमुख अतिथि डा. चितरञ्जन साह, सञ्चालक   रामेश्वर चौरसिया ,  सञ्चारकर्मी  राघव साह , अजय चौरसिया, युराज खडका , शम्भु कुमार सुमन,एस.एम जहाँगस्त लगायतकाले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

Related posts

वीरगंजको लिंकरोडमा Annex ईन्टरनेश्नल एजुकेशनल कन्सलटेन्सीको उदघाटन

hamronepaldainik

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जाँदै

hamronepaldainik

चन्द्रदर्शन बचतकाे वीरगंजमा शाखा कार्यालय उद्घाटन

hamronepaldainik
HamroNepalDainik