HamroNepalDainik.com
समाचार

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

वीरगञ्ज,
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकारिता क्षेत्रको स्तरवृद्धिका लागि महानगर सँधै हातेमालो गर्न तयार रहेको बताएका छन ।
वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देस साप्ताहिक पत्रिकाको आठौँ वर्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारिता क्षेत्रमा कृयाशील रहेका महिला पत्रकाहरुको क्षमता बृद्धि तथा स्थायित्वका लागि महानगर मिलेर काम गर्न सँधै तयार रहेको बताएका थिए  ।
‘महिला साथीहरुले संचालन गरेको पत्रिकाले सातौँ वर्ष पूरा गरि आठौँ वर्ष प्रवेश गरेकोमा शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो,’ महिला पत्रकार साथीहरुको क्षमता वृद्धिका लागि महानगर सँधै हातेमालो गरेर अघि बढ्न तयार छ ।’
उहाँले केही पत्रकार भनिएकाहरुको खराब प्रवृत्तिका कारण समग्र पत्रकारिता क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै त्यसका लागि पत्रकारसँग सम्बद्ध संस्थाहरु नै जागरुक भएर शुद्धिकरण गर्न जरुरी रहेको पनि बताए  ।
वार्षिकोत्सवका अवसरमा पत्रिकाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
बाराकी पत्रकार महिला शारदा पोखरेललाई १० हजार रुपैयाँ सहित उत्कृष्ट महिला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै बरिष्ठ टेलिभिजन पत्रकार उपेन्द्र ठाकुर, युवा पत्रकार जियालाल साह पनि १०÷१० हजार पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
युवा चित्रकार अजमत अली, स्तम्भकार शुदर्शनराज पाण्डे, स्व. उमाशंकर द्विवेदी (दधिची लाई मरणोपरान्त सम्मान, पत्रिका वितरक सतेन्द्र वर्णवाललाई नगद ५ हजार सहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, वरिष्ठ पत्रकार चन्द्र किशोर झा लगायतको सहभागिता रहेको थियो ।

Related posts

छिपहरमाई गाउँपालिकाकामा शिक्षकहरु द्वारा तालाबन्दी

hamronepaldainik

कक्षा १० का बिधार्थीहरु लाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न।

hamronepaldainik

डाक्टरलाइ ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

hamronepaldainik
HamroNepalDainik