HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाई गाँउपालिकाको ९ औँ गाउँ सभा सम्पन्न

पर्सा । पर्साको कालिकामाई गाँउपालिकाको ९ औँ गाउँ सभा तथा २०८०/८१ को बजेट प्रसतुतीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ सभा बजेट प्रसतुतीकरण कार्यक्रम बाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३२ करोड ७४ लाख ९८ हजार २ सय रुपैयाँको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष राजमती देबी बरैनीको निर्देशनमा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादवले बजेट प्रसतुतीकरण गरेका थिए । गाउँ सभा कार्यक्रम गाउँपालिका का अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य,सिचाई, पर्यटन र भौतिक पूर्वाधारको लगायत ,उज्यालो कालिकामाई गाउँपालिका बनाउन मुख्य प्राथमिकतामा राखेको बताए । सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गुप्ताले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको बताए । कालिकामाई गाउँपालिकाको वडा नं १ देखि लिएर वडा नं ५ सम्म का वडा स्तरिय बजेट सेलिंग यस मा सबैको सहमती बाट समेटिएको गाउँपालिका अध्यक्ष गुप्ता ले बताए । गाउँ सभामा ससर्त अनुदान १२ करोड ७२ लाख ५७ हजार, सामनिकरण अनुदान ९ करोड २५ लाख, राजस्व बाडफाड ६ करोड ६४ लाख ५९ हजार २ सय, सम्पुर्क अनुदान ५० लाख समानिकरण अनुदान ६४ लाख ८२ हजार, राजस्व बाडफाड १५ लाख, सम्पुरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, आन्तरिक श्रोत ५० लाख गरि ३२ करोड ७४ लाख ९८ हजार २ सय बराबर को बजेट प्रस्तुतकरण गरिएको छ । गाउँपालिका कार्यालय को सभा हलमा भएकाे गाउँ सभा बजेट प्रस्तुतीकरण प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादव  स्वागत मन्तब्य राखेका थिए । वडाअध्यक्ष लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय साह गोढ, जयनारायण कुर्मी, कार्यपालिका सदस्य हरिअोम साह कार्यपालिका सदस्य ,गाउँपालिका महिला ,पुरुष सदस्य कर्मचारी, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन बिक्रम राउत बरैयले संचालन गरेका थिए ।

Related posts

महिनावारी समस्या सम्बन्धि एकदिने प्रशिक्षण

hamronepaldainik

माधव नेपालको प्रस्ताव- सबै चुनाव एकैपटक गरौं

hamronepaldainik

एच.ए लाईसेन्समा नाम निकाल्न सफल छात्रालाई सम्मान

hamronepaldainik
HamroNepalDainik