HamroNepalDainik.com
समाज

नारायणी अस्पतालमा सरसफाइको जिम्मेवारी, महानगरलाई

बीरगन्ज ।नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी सावन १ गतेदेखि बीरगन्ज महानगर पालिकाले गर्ने भएको छ । नगर प्रमुख राजेशमान सिंहले पुर्वघोषणा गरे अनुसार आज बीरगन्ज महानगर पालिकाले नारायणी अस्पताल शीत सम्झौता गरेको छ । नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र बीरगन्ज महानगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको छ । सम्झौता अनुसार सावन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ बीरगन्ज महानगर पाकिकाले गर्ने र सो बापत नगर पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ । सावन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्फुदिन मियाँ ले जानकारी दिनु भएको छ ।

Related posts

वीरगंजका नेवार समूदायले मनाए गईजात्रा

hamronepaldainik

लिटिल बडी इन्टरनेशनल प्रीस्कुल दुारा खुल्ला रक्तदान कार्यक्रम : ६ महिला सहित ४० जनाले रक्तदान

hamronepaldainik

भारत तर्फ लागिरहेको अवस्थामा एक युवतीको उद्धार, एकजना पक्राउ

hamronepaldainik
HamroNepalDainik