HamroNepalDainik.com
समाचार

१५ केजी चरेशसहित पटेर्वासुगौलीका २ जना पक्राउ

२७ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाइकलसहित दुई जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेस सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाइ छिपाइ चरेस नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेश र मोटरसाइलकसहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाएको थापाले बताए ।

Related posts

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

hamronepaldainik

कानु अतिथि सदन पर्साको बैठक सम्पन्न

hamronepaldainik

नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सवमा २ महिला सहित ३० जनाले गरे रक्त दान

hamronepaldainik
HamroNepalDainik