HamroNepalDainik.com
समाचार

१५ केजी चरेशसहित पटेर्वासुगौलीका २ जना पक्राउ

२७ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाइकलसहित दुई जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेस सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाइ छिपाइ चरेस नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेश र मोटरसाइलकसहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाएको थापाले बताए ।

Related posts

समयमा बजेट निकासा नहुँदा कृषि औजार कारखाना सञ्चालनमा समस्या

hamronepaldainik

नेकपा एकीकृत( समाजबादी )को उमेदवारहरुको प्रचार अभियान तिब्र

hamronepaldainik

अन्तःशुल्क बढाएपछि डन्डी उद्योगीहरु विरोधमा उत्रिए

hamronepaldainik
HamroNepalDainik