HamroNepalDainik.com
समाचारस्थानिय

छिपहरमाई गाउँपालिकाको १६ औं गाउँ सभा : ३३ करोड ७२ लाख बराबरकाे बजेट प्रस्तुत

२६ असार, वीरगञ्ज

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १६ औ गाउँ सभा मंगलबार सम्पन्न भएको छ। गाउँपालिकाले गाउँ सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागी ३३ करोड ७२ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो।

गाउँपालिकाले ०८०/८१ को बजेटमा बालिका स्वर्ण बिमा , बिबाह कन्यादान राशी र सहयोग राशी, स्वच्छ सफा तथा हरित गाउँ बनाउन बृक्षारोपन कार्यक्रम गर्ने, गाउँपालिका उज्यालो कार्यक्रम अन्तर्गत पालिकाको सम्पूर्ण वार्डमा टावर लाईट,सोलार,पोल लाईट,ले उज्यालो बनाउने तथा वडा नं. ४ तुल्सीबर्वामा बर्थिग सेन्टर निर्माण लगायतका कार्यक्रमलाई बजेटमा बिशेश प्राथमिकतामा राखिएको छ।

यसैगरी शिक्षा , स्वास्थ्य कृषि ,सिचाई, बिपद ब्यवस्थापन , युवा रोजगार, भौतिक पुर्वधार , पर्यटन पर्वधन , उज्यालो छिपहरमाई लगायतमा जोडदिएको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले जनाएका छन।

अध्यक्ष गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाईले बालिका स्वर्ण बिमा लिएर आएको हो । छोरी जन्मिने बितिकै छोरी हरुलाई बोझको रुपमा लिनेगरेको कारण गाउँपालिकाबाट दुई लाखको बिमा दिने गरेकोले २० वर्षको उमेरमा शिक्षा र बिबाहको समयमा काम लागने बताए ।

गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा समपन्न कार्यक्रममा गाउँ सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकिय अधिकृत सिकेन्द्र साह, समाजसेबी किशोरी साह कानु,वडाअध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार,दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायतले शुभकामना मन्त्ब्य ब्यक्त गरेका थिए ।

गाउँ सभामा स्वास्थ्य संयोजक शम्भु प्रसाद गुप्ता , शिक्षा प्रमुख मुकेश चौरसिया, ईन्जिनियर प्रकाश कुमार गुप्ता , लेखापाल संजय पटेल, योजना प्रसांत कुमार गुप्ता , आईटी अफिसर संजिव यादव, कृषी का भुलन प्रसाद, संचारकर्मी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत को सहभागीता रहेको थियो । कार्यक्रम संचालन मेघराज साह रौनियारले गर्नु भएको थियोे।

Related posts

सञ्चारकर्मी र सञ्चारगृहहरुमा भएको आक्रमण र तोडफोडको विरोधमा पत्रकार महासंघ पर्साद्धारा बिरोध र्याली

hamronepaldainik

उपनिर्वाचनको मौन अवधि आज राती १२ बजे देखि सुरु

hamronepaldainik

नेपाल खेलकुद महासंघको बिरगंज महानगर कमिटीको प्रथम अधिबेशन समपन्न।

hamronepaldainik
HamroNepalDainik