HamroNepalDainik.com
समाचारस्थानिय

पटेर्वा सुगौलीमा किसानहरुलाई कृषि सामाग्री वितरण

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिकाले आइतबार कृषकहरुलाई कृषि सामाग्री वितरण गरेकाे छ । गाँउपालिकाकाे वडा नम्बर ५ निचुटामा तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत किसानहरुलाई कृषि उपकरण, जैविक मल र विषादी वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएकाे छ ।

निचुटामा आयाेजित एक कार्यक्रममा गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरीले किसानलाई सिंचाइका लागि विद्युतीय माेटर १० थान, विषादी छर्कने स्प्रे ट्यांकी ३६ थान, जैविक मल र विषादी वितरण गरेका हुन् ।

तरकारी पकेट विकास कार्यक्रमका लागि गाँउपालिकाले विनियोजन गरेकाे ६ लाख रुपैयाँ बजेटबाट ती सामग्रीहरु खरिद गरि आइतबार वितरण गरिएको गाँउपालिकाकाे कृषि शाखा प्रमुख सिमा चाैधरीले जानकारी दिइन् ।

आ.व २०७८/०७९ मा स्थापना भएको तरकारी बाली पकेट कार्यक्रमकाे निरन्तरता अन्तर्गत आ.व २०७९/०८० पनि श्री सहकारी संस्था निचुटालाई तरकारी पकेट विकास कार्यक्रमलाई निरन्तरता दिदै कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएकाे जनाइएकाे छ ।

Related posts

बुवाको सपना पुरा गर्न निर्वाचनमा होमिए : पत्रकार गिरी

hamronepaldainik

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय, अमेरिकालाई पत्र लेखेर जानकारी दिइने

hamronepaldainik

‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

hamronepaldainik
HamroNepalDainik