HamroNepalDainik.com
समाचार

नेपालका लागी नेपाली पार्टीको रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्त दान

वीरगंज। नेपालका लागी नेपाली पार्टी पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे घण्टाघरस्थित चौकमा भएकाे कार्यक्रममा ७० जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन रक्तदान गरेर पार्टीका केन्द्रिय अध्यक्ष संतोषानन्द महाराजले गरेका थिए ।

साे कार्यक्रममा अंकित शाक्य, रबी मिश्रा, पुस्कर तिवारी, रितेश गुप्ता, राकेश साह,  प्रणय सिन्हा, अनिल कुर्मी, आनन्द सिंह, पारस द्विवेदी, रोहित पटेल, संदीप पटेल, धीरेन्द्र यादव, सुबास पटेल, रामाबाबू अधिकारी, महमद रियाज, सागिर अंसारी, चन्द्रकांत पासवान, जितेन्द्र चौधरी संतोष कुशवाहा, विकास पटेल, अरविंद चौधरी, उमेश साह, विनय साह, संजीव कांत झा, कृष्ण कांत झा, दीपु गिरी, अग्नी प्रसाद भुसाल, राजाबाबू चौरसिया लगायतले रक्तदान गरेका हुन् ।

पार्टीका केन्द्रीय अध्यक्ष संतोषा नन्द महाराजकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पार्टीका सचिव तुलसी पौडेल, प्रवक्ता अग्नी प्रसाद भुसाल, केन्द्रीय सदस्य बिनोद कुर्मी, पिया सिंह, मधेस प्रदेश उपाध्यक्ष मुना गुप्ता, सह-सचिव रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस द्विवेदी, प्रबक्ता डा. विकास पटेल, मधेस प्रदेश सदस्य विभा साह, पर्सा जिल्ला उपाध्यक्ष पवन गुप्ता, सचिव नवीन मिश्रा, सह सचिव आनन्द सिंह, कोषाध्यक्ष प्रणय सिन्हा लगायतकाे उपस्थिति रहेको थियो ।

Related posts

वीरगञ्जमा ट्रेडमार्क र डिजाईन चोरी गरी प्याकेटमा स्थानीय मसाला भरेर विक्री गर्ने रोहित प्रहरीको फन्दामा

hamronepaldainik

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी

hamronepaldainik

जनता आवास कार्यक्रमको बजेटमा संयोजक देखि कार्यालय निमित्त प्रमुखको रजाई

hamronepaldainik
HamroNepalDainik