HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सुरु

वीरगञ्ज, १ असार

वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिक स्थल एवं भिडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निशुल्क वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका १० ठाउँमा यस्तो सेवा उपलब्ध गराइएको हो ।

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको हो ।

महानगरमा शुक्रबार औपचारिक कार्यक्रम गरि सेवा सञ्चालनको सुरुवात गरिएको हो । महानगर प्रमुख राजेशमान सिंहले फ्री वाईफाईको सुरुवात गर्दै महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगञ्जलाई डिजिटल सहरको रुपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताउनुभयो । महानगरलाई आईटी हब बनाउने आफूहरुको घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफूहरु लागि परेको पनि उहाँले बताउनुभयो ।

हाललाई हरेक स्थानमा २ एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चाँपको आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ । आफूहरुले चुस्त सेवा दिने गरि महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड वीरगञ्ज शाखाका ब्रान्च म्यानेजर अरफात देवानले जानकारी दिनुभयो ।

Related posts

धाेबिनी गाउँपालिका अध्यक्ष कुर्मीकाे हैकमवादी, एकलै दुईटा स्कार्पियाे गाडी प्रयाेग गर्दै

hamronepaldainik

पत्रकारमाथि दुव्र्यवहार गर्ने अधिकृत प्रहरीको नियन्त्रणमा

hamronepaldainik

प्रतिनिधि सभा आज बस्दै, एमसीसी सम्झौताबारे छलफल सुरु हुने

hamronepaldainik
HamroNepalDainik