HamroNepalDainik.com
समाचार

सामान्य प्रशासनमा सचिवको छड्के, कारबाहीमा परे १०३ जना कर्मचारी

३० जेठ, काठमाडौं । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा परेका छन् ।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् । कारबाहीमा परेका कर्मचारीहरुको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव  पुस्करले ती कर्मचारीहरुको हाजिरीमा रातो लगाएका हुन् । कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेका हुन् । मन्त्रालयका अनुसार १० बजेर १५ मिनेटसम्म कार्यालय नआउने कर्मचारीको हाजिरीमा रातो लगाइएको हो । मन्त्रालयको अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवहरुको सरुवा भएको छ ।
अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बाँकी सबैको विभिन्न जिल्ला समन्वय समितिमा सरुवा भएको छ । अनलाई खबर

Related posts

ठाकुरराम क्याम्पसमाको स्ववियु चुनावमा खस्याे ४० प्रतिशत मत

hamronepaldainik

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद

hamronepaldainik

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी

hamronepaldainik
HamroNepalDainik