HamroNepalDainik.com
समाचारस्थानिय

प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगन्जमा प्रभात फेरी

वीरगन्ज । प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले प्रभात फेरी निकालेको छ ।

वीरगन्ज स्थित घण्टाघर चोकबाट शनिबार बिहान निकालिएको प्रभात फेरि माइस्थान, आदर्शनगर, घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर चोकमा पुगेर सप्पन्न भएको थियो ।

प्रभात फेरिपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले देश अहिले आर्थिक र राजनीतिक संकटमा परेका बेला नेपाली पत्रकारितालाइ अझै सबल बनाउनुपर्ने आवश्यकता भएको बताए ।  नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेल र दिलिपराज कार्की नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य श्रवण प्रसाद साह, अजय कुमार साह, राहुल गुप्ता लगायतको  उपस्थित रहेको थियोे ।

Related posts

विद्यार्थी भर्ना अभियानमा पालिका प्रमुखहरुको सक्रियता

hamronepaldainik

वीरगंज महानगरले संचालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने

hamronepaldainik

धाेबिनी गाउँपालिका अध्यक्ष कुर्मीकाे हैकमवादी, एकलै दुईटा स्कार्पियाे गाडी प्रयाेग गर्दै

hamronepaldainik
HamroNepalDainik