HamroNepalDainik.com
समाचारस्थानिय

प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगन्जमा प्रभात फेरी

वीरगन्ज । प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले प्रभात फेरी निकालेको छ ।

वीरगन्ज स्थित घण्टाघर चोकबाट शनिबार बिहान निकालिएको प्रभात फेरि माइस्थान, आदर्शनगर, घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर चोकमा पुगेर सप्पन्न भएको थियो ।

प्रभात फेरिपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले देश अहिले आर्थिक र राजनीतिक संकटमा परेका बेला नेपाली पत्रकारितालाइ अझै सबल बनाउनुपर्ने आवश्यकता भएको बताए ।  नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेल र दिलिपराज कार्की नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य श्रवण प्रसाद साह, अजय कुमार साह, राहुल गुप्ता लगायतको  उपस्थित रहेको थियोे ।

Related posts

हाेलीकाे अवसरमा काेर एससीबी रक्सौलद्वारा रक्तदान, ३० जनाले दिए रगत

hamronepaldainik

शसस्त्र प्रहरी द्वारा भारी मात्रामा पटाका नियन्त्रणमा

hamronepaldainik

वीरगञ्जमा जसपाको घरदैलो अभियान, छाता छापमा मतदान गर्न आग्रह

hamronepaldainik
HamroNepalDainik