HamroNepalDainik.com
शिक्षासमाचारस्थानिय

तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकले महानगर प्रमुखलाई बुझाए ज्ञापन

वीरगञ्ज, २८ चैत
विद्यार्थीहरुको शूल्क उठाउन माग गर्दै वीरगञ्जका विभिन्न संस्थागत विद्यालयका शिक्षकहरुले महानगरमा ज्ञापन पत्र बुझाएका छन् । वीरगञ्जस्थित ज्ञानदा एकेडेमी, गौतम मावि, जिएचपी मावि र एञ्जल इन्टरनेशनल सेकेण्डरी स्कुलका शिक्षकहरुले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै बाँकी रहेको शूल्क उठाइदिन माग गरेका हुन् ।
भर्खरै सम्पन्न अन्तिम परीक्षाको बेला पनि वीरगञ्ज महानगरकै निर्देशनमा शूल्क नबुझाउनेलाई पनि परीक्षाबाट बञ्चित नगराइएको हुँदा बाँकी शूल्क महानगरले नै पहल गरेर उठाउनुपर्ने शिक्षकहरुको माग छ ।
दुई महिनादेखिको पारिश्रमिक नपाएको दुखेसो पोख्दै शिक्षकहरुले तलब माग्दा अभिभावकले नै शूल्क नदिएको व्यवस्थापन पक्षले प्रतिक्रिया दिएको हुँदा महानगरलाई गुहार्न बाध्य भएको शिक्षकहरुको भनाई छ ।
अधिकांश अभिभावकले शूल्क नबुझाएको र बुझाउनेलाई पनि केही अभिभावकले रोक्दा आफुहरुले पारिश्रमिक पाउन नसकेको उनीहरुको दुखेसो छ । संस्थागत विद्यालयको आम्दानीको मूल स्रोत नै शूल्क भएको हुँदा अभिभावकले नबुझाएपछि त्यसको प्रत्यक्ष प्रभाव शिक्षकहरुलाई परेको उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
विद्यालयबाट पटकपटक अनुरोध गर्दा पनि शूल्क बुझाउन आलटाल हुँदै आएको हुँदा शिक्षक कर्मचारीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन विद्यालय असमर्थ रहेकोले बक्यौता शूल्क बुझाउनका लागि सहयोग र आवश्यक समन्वय गरिदिन ज्ञापन पत्रमार्फत उनीहरुले महानगर प्रमुख सिंहलाई अनुरोध गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै महानगर प्रमुख सिंहले ज्ञानको ज्योती दिने शिक्षकहरु नै समस्यामा परेपछि शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने बताए । विद्यालयलाई तिर्नुपर्ने शूल्कका सम्बन्धमा सबै विद्यालयका व्यवस्थापन समिति र अभिभावकसँग छलफल गरेर समस्या सुल्झाउने महानगर प्रमुख सिंहले आश्वासन दिएका छन् । शिक्षाको सवालमा आफु गम्भिर रहेको बताउँदै उनले शिक्षकहरुको समस्यालाई गम्भिर रुपमा लिएको बताए ।

Related posts

पर्सा २ काे (२) मा दुई गठबन्धनका उम्मेदवार बिच नै प्रतिस्पर्धा

hamronepaldainik

जिराभवानी गा.पा.द्वारा ३६ करोड बढिको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

hamronepaldainik

युवा नेता अनोज चौधरीले आफ्नो बुबाको सपना साकार गरन राजनितिक मा हुमिए हुन।

hamronepaldainik
HamroNepalDainik