HamroNepalDainik.com
बैंक/वित्त

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते देखि सुरू

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार  फागुन १२ गते देखि सुरू हुने भएको छ ।

दुवै बैंक मर्जर प्रक्रियामा गएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।

हिमालयनले सिभिललाई १००ः८०।२८ अनुपातमा प्राप्ति गरेको हो । हिमालयन बैंकको सेयरधनीको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन भने सिभिल बैंकको सेयर कित्ता घट्नेछ। जसअनुसार हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०।२८ कित्ता हुने अनुपातमा मर्जर भएको हो ।

डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरू बन्द रहनेछन् । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

Related posts

नक्कली ऋणीको नाममा कर्जा निकाली लघुवित्त ठगी गर्ने प्रहरीको फन्दामा

hamronepaldainik

श्रीनिधि साकोसको १३ औं वार्षिक साधारण भव्यताका साथ सभा सम्पन्न

hamronepaldainik

ऋणिलाई जानकारी नै नदिई व्याजदर बढाउदै सिभिल बैंक, सेवा ग्राही मारमा

hamronepaldainik
HamroNepalDainik