HamroNepalDainik.com
समाचारस्थानिय

होटल व्यवसायी संघ पर्सा र प्रहरी उपरीक्षक शाह बिच छलफल

वीरगंज १८ माघ ।
पर्सा प्रहरीले लगातार होटेलहरुमा अवैध गतिविधि भईरहेको भन्दै छापामारी गरी सेवाग्राहीलाई त्रसित बनाउदै आएकोमा लिंक रोड, बसपार्क एरियाका होटेल व्यवसायीको ध्यानाकर्षण भएको जनाएका छन् ।
सोही विषयलाई लिएर होटेल व्यवसायी संघ पर्साका पदाअधिकारीहरुले बुधवार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाह सँग भेटी छलफल गरेको छ ।
प्रहरी उपरिक्षक शाह र व्यवसायी बीच भएको छलफलमा होटलमा स्कुलले विद्यार्थी, उमेर नपुगेकाहरुलाई कोठ नदिने, कुनै पनि किसिमको यौन जन्य, अवैध धन्दा गर्न, गराउन नपाईने, होटल व्यवसायीले कुनै पनि बहानामा अपरिचित व्यक्तिलाई कोठा नदिने सहमती भएको जनाईएको छ ।
होटलमा आएका पाहुनाहरु सँग शिष्ट व्यवहार गरी मोबाईल नम्बर, नागरिकता, लाईसेन्स, पासपोर्ट लगायतका परिचय खुल्ने कागजात राखी अनिवार्य रुपमा एन्ट्रि फर्म भराउने, एउटै कोठामा दुई जना बस्न आएमा सकेसम्म दुबै जनाको परिचय पत्र राख्ने लगायतका सहमतीहरु भएको जनाएको छ । कुनै पनि अबैध क्रियाकलापमा होटल संचालक वा होटेलका कर्मचारीहरु संलग्न रहेको प्रमाणित भएमा कानुन बमोजिम कारबाही गर्ने समेत सहमति भएको होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलमले बताए ।
होटल व्यवसायी संघ पर्सामा आवद्ध नरहेका लिंकरोड, बसपार्कका केही होटल व्यवसायीका कारण सम्पूर्ण होटलहरु बदनाम हुदै गएको र गलत क्रियाकलाप गर्ने व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याउन आफुहरुले पनि सहयोग गर्ने महासचिव आलमले जनाए ।
सो छलफलमा होटेल व्यवसायी संघ पर्साका अध्यक्ष दिपक मान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष एवं होटल अनुगमन समितिको संयोजक विधालाल प्रसाद, उपाध्यक्ष छविलाल उप्रेती, कोषाध्यक्ष दलबहादुर किगंरिग, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, आन्नद जैसवाल, देव प्रकास, राजेश साह लगायतको सहभागीता रहेको थियो ।

Related posts

सिंहदरबारभित्र अकस्मात गोली चल्दा‍‍‍‍…

hamronepaldainik

चपुरमा सुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

hamronepaldainik

जनमत : बिरगंज महानगरपालिकाको नगर अधिवेशन सम्पन्न

hamronepaldainik
HamroNepalDainik