HamroNepalDainik.com
स्थानिय

वीरगंजको पिपरामा महात्मा गान्धी पथ र पार्क नामकरण हुने भएपछि स्थानीयहरुद्धारा बिरोध

वीरगंज १७ माघ । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा स्थित जेष्ठ नागरिक पार्कलाई “महात्मागान्धी पार्क” र पिप्रा लिंक रोडलाई “महात्मागान्धी पथ” नामाकरण हुने गरी कार्ययोजना अगाडी बढाएकोमा स्थानीयहरुले बिरोध जनाएका छन् ।

विकास गर्नु, गराउनु राम्रो पक्ष भए पनि, हामी विकास बिरोधी हैन तर विकासको नाममा आफनो पहिचान मेटिने गरी विकासको कार्य अगाडि बढाउनु राम्रो नभएको स्थानियवासीहरुले टिप्पणी गरेको बताईएको छ । स्थानियवासीहरुको एक समुहले मंगलबार वडा नं १४ का वडा अध्यक्ष मेहबुब एलहीलाई ज्ञापन पत्र बुझाएका छन् ।

वीरगंज महानगरपालिकाले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने मनसायले महात्मागान्धीको नाउंबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन । महानगरपालिकाले माघ १९ गते बिहिवार पिपरा लिंक रोडको नाउं हटाएर महात्मागान्धी (एमजी) रोड नामाकरण गरी उदघाट्न गर्ने भएको ज्ञापनपत्रमा उल्लेख छ ।

युवा समाज पिपराका अध्यक्ष अनिल पटेल, नेकपा माओवादी केन्द्र वडा नं. १४ का अध्यक्ष महेश पटेल, नेकपा एसका वडा नं. १४ का अध्यक्ष मदन प्रसाद कुर्मी, कुशल पटेल, कृपानिधि पटेल, गम्भीरा साह, मुन्ना पटेल, अशोक प्रसाद, सुनिल राय भर लगायतकाले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा पिपराका ऐतिहासिक र यसको धार्मिक पक्षलाई ख्याल नगरि भारतीय नेताको नाउंमा नामाकरण गर्न खोज्नुले स्थानीय संस्कृति माथिको प्रहार भएको उल्लेख छ । पिपरा लिंक रोड टोल विकास समितिले समेत यसको विरोध गर्दै विज्ञप्ती जारी गरेको थियो भने सामाजिक संजालमा दिनका दिन विरोध हुंदै आएको छ ।

Related posts

सरसफाईमा वीरगंज महानगर निर्मम, जथाभावी पर्चापम्प्लेट टाँस्दै गरेका एक जना नियन्त्रणमा

hamronepaldainik

एसपी गौतम मिश्रले पर्सा जिल्लाको कमाण्ड सम्हाले

hamronepaldainik

बिन्दवासिनी गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदका उमेदवार धिरज चौरसिया लोकप्रिय बन्दै

hamronepaldainik
HamroNepalDainik