HamroNepalDainik.com
प्रदेशसमाचार

प्रदेश सांसद श्याम पटेलको स्वकीय सचिवमा शरिफ मियाँ नियुक्त

माघ ०६,पर्सा ।
पर्साबाट निर्वाचित प्रदेश सांसद श्याम पटेलको स्वकीय सचिवमा युवा नेता शरिफ मियाँ नियुक्त भएका छन् ।
लामो समयदेखी नेविसंघसङ्ग आबद्ध रहि राजनितीमा सकृय रहेका युवा नेता शरिफ मियाँ प्रदेश सांसद श्याम पटेलको स्वकीय सचिवमा नियुक्त भएका छन् ।

मधेस प्रदेशको पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २(क) बाट नेपाली काँग्रेसको तर्फबाट विजयी हुनुभएका सांसद श्याम पटेलले आफ्नो स्वकीय सचिवमा शरिफ मियाँलाई आधिकारिक नियुक्ती दिनु भएको बताउनु भएको छ ।

स्वकीय सचिव जस्तो पदमा रहने व्यक्ती एकदमै भरोसा गर्न सक्ने व्यक्ती हुनुपर्ने र हामी लामो समयदेखी सङ्गै काम गर्दै आएकोले शरिफ मियाँ बारे आफू राम्ररी परिचित रहेकोले उनलाई नियुक्त गरिएको प्रदेश सांसद पटेलले बताउनु भयो ।

आफुलाई स्वकिय सचिवमा नियुक्त गरेकोमा शरिफ मियाँले योगदानको कदर गरिएको बताएका हुन् ।
पछिलो ६/७ वर्ष देखि श्याम पटेललाई सहयोग गर्दै आएकोमा मैले गरेको सहयोगलाई सम्झी मलाई स्वकीय सचिवको जिम्मेवारी दिँदा आफुले गरेको योगदानको कदर गरे जस्तो अनुभव भएको शरिफ मियाँले बताएका छन् ।

Related posts

बुद्ध जयन्तीको अवसरमा बिरगंजको भिस्वा डाँडामा सरसफाई

hamronepaldainik

नेपाली कांग्रेस बिन्दवासिनीकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

hamronepaldainik

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनी पक्राउ

hamronepaldainik
HamroNepalDainik