HamroNepalDainik.com
समाचारस्थानिय

टेम्पो संघको नाममा अवैध असुली

वीरगन्ज (पर्सा), १४ कात्तिक । हरिशंकर सर्मा

वीरगन्ज महानगरभित्र चल्ने तीन चक्के टेम्पोसँग ‘संघ’ को नाममा अवैध असुली हुने गरेको तथ्य फेला परेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने रजतजयन्ती चोकमा स्थापित टीनको टहरा स्थापना गरि ‘संघ’ को नाममा प्रत्येक टेम्पोबाट ५० देखि १०० रुपैयासम्म असुली गर्ने गरेको पाइएको छ ।

रजतजयन्ती चोकमा स्थापित टहरामा खटेका एक जना व्यक्तिले वीरगन्ज रक्सौल यातायात प्रा.लि.को लेटरप्याडमा रु ५० देखि १०० रुपैयाको टिकट काटेर असुली गर्ने गरेका छन् । ममताज अली मन्सुर इन्चार्जको नामले चिट काटेर प्रत्येक टेम्पोसँग अवैध रकम असुल्ने गरिएको छ । असुली गरेको रकम के का लागि ? र कहाँ जम्मा हुन्छ भन्ने कुनै लेखाजोखा छैन । मात्रै ‘टेम्पो संघ’ को नामले प्रत्येक टेम्पोबाट पैसा असुल्ने गरिएको छ ।

टेम्पो संघका अध्यक्ष रहेका ममताज अली मन्सुरले आफ्नो एकलौटी रुपमा वीरगन्ज रक्सौल यातायात प्रा.लि.को नामले पैसा असुल्ने गरेका छन् । वीरगन्जमा संचालित टेम्पोहरुको संरक्षण तथा हकहितको लागि ‘टेम्पो संघ’ पनि यहाँ रहेको छ र संघको नामले पनि मन्सुरीले पैसा असुल्ने गरिएको छ, तर त्यसको कुनै बिल दिइने गरेको छैन । संघका अध्यक्ष समेत रहेका मन्सुरले वीरगन्जको बसपार्क स्थित र रजतजयन्ती चोक स्थित दुई ठाउँबाट टेम्पोहरुबाट पैसा असुल्ने गरेका छन् । असुली गरिएको पैसा किन ? र के का लागि असुली गर्ने गरिएको छ ?

कसैले खोजविन समेत नगरिएको कारण बाध्य भएर पैसा तिर्नु परेको टेम्पो व्यवसायीहरुको भनाई छ । यहाँ पैसा दिइएन भने ट्राफिक प्रहरीलाई भनेर विभिन्न बहानामा अध्यक्ष मन्सुरले टेम्पो समात्न लगाउने गरेको टेम्पो व्यवसायीहरुको भनाई छ । वीरगन्ज महानगरपालिकाले हालसम्म टेम्पो चालकहरुलाई रुट पर्मिट नदिएको र अधिकाँश टेम्पो चालकहरुसँग लाइसेन्स नभएको कारण बाध्य भएर संघको नाममा पैसा तिर्नु परेको उनीहरुको भनाई छ ।

यसबारे संघका अध्यक्ष ममताज अलि मन्सुरसँग बुझ्दा यहाँ चल्ने सम्पूर्ण टेम्पोको आफू अध्यक्ष रहेको बताए । के का लागि पैसा असुली भइरहेको छ र यो पैसा कहाँ जम्मा हुने गरेको छ र कहाँ प्रयोग हुने गरेको भन्ने विषयमा आफू केही नबोल्ने भन्दै पञ्छिए । मन्सुरीले महानगरमा विभिन्न कारण बस पक्राउ परेका टेम्पोहरुलाई पक्राउ परेका टेम्पोहरुलाई छोडाउन र वीरगन्ज महानगरभित्र टेम्पो चलाउन दिन बापत पैसा असुल्ने गरेको टेम्पो चालकहरुको भनाई छ ।

Related posts

छिपहरमाई गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) काे गाउँ कमिटी गठन

hamronepaldainik

बस दुर्घटना हुँदा २६ जना घाइते, पटेर्वासुगौलीका राजकुमारीको अवस्था गम्भिर

hamronepaldainik

खटाएको ठाउँमा नजाने कर्मचारीको सूची बनाइँदै

hamronepaldainik
HamroNepalDainik