HamroNepalDainik.com
समाचार

राप्रपाले प्रधानमन्त्रीलाई भन्यो : भाग पुर्‍याउन मन्त्रालय फुटाउन पाइँदैन

२० पुस, काठमाडौं । बुधबार साँझ बालुवाटार बैठकमा न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी के हुँदैछ भनी सत्ता साझेदार दलहरुले जिज्ञासा राखेका छन् । त्यसका लागि गठित समितिमा रहेका सदस्यहरुले थप एक दिन माग गरेका छन् ।

भोलिसम्म काम सकेर दोस्रो बैठक शुक्रबार बस्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि सरकारको न्यूनतम साझा कार्यक्रमबारे दलहरुको साझा धारणा आउने छ ।

प्रधानमन्त्री प्रचण्ड धेरैवटा दललाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बाध्यतामा छन् । त्यसका लागि मन्त्रालयहरु नै फुटाउने चर्चा चलेको छ । बैठकमा सहभागी दल हरुले यसबारे उनीसँग जिज्ञासा राखेका थिए । राप्रपाले यसमा जोड दिँदै सबैलाई भाग पुर्‌याउनका लागि भनेर मन्त्रालय फुटाउँदा जनतामा गलत सन्देश जाने भन्दै त्यसो नगर्न सुझाव दिएको थियो ।

प्रचण्डले भने बाहिर आएका चर्चा गलत भएको प्रष्टीकरण दिए । सत्ता साझेदारहरुसँग प्रधानमन्त्री प्रचण्डले भने, ‘धेरैको चित्त बुझाउनुपर्ने बाध्यता त छ नै, तर त्यसका लागि गलत थिति बसाल्न हुँदैन भन्नेमा म छु । हल्लाहरु सुनेर नपत्याइदिनुहोला ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना तीन सरोकार न्यूनतम साझा कार्यक्रममा पर्छन् कि पर्दैनन् भनेर सोधेका थिए । राप्रपाले पुस २७ लाई राष्ट्रिय एकता दिवस मानिनुपर्ने, विकास सुशासनसँग सम्बन्धित प्रश्नबारे चित्तबुझ्दो जवाफ दिनु पर्ने, जनतालाई सेवा प्रवाह बलियो बनाउनुपर्ने शर्त राखेर यो सरकारलाई समर्थन दिएको छ ।

Related posts

वीरगंज नापी कार्यालयका बिचाैलिया एक लाख पचिस हजार घुस सहित रंगे हात पक्राउ

hamronepaldainik

बिन्दवासिनि गाउँपालिकामा तिवारीको लोकप्रियता बढदै

hamronepaldainik

वीरगन्ज २० को सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु हुने पहिलो निर्णय गरियो

hamronepaldainik
HamroNepalDainik