HamroNepalDainik.com
समाचारस्थानिय

विन्दवासिनी गा.पा.–३ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

वीरगंज १६ पुस ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ३ स्थित नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो ईटियाहीमा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक दुई दिने तालिम सम्पन्न भएको छ ।
विन्दवासिनी गाउँपालिकाको कार्यालय बहुअर्वाभाठाको आयोजनामा भएको तालिममा सहभागी ३७ जना महिलाहरुलाई पिंकी कुशवाहा र विक्रमा कुमार साहले प्रशिक्षण दिएका थिए । कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाले बालविवाह तथा दाईजो प्रथा अन्त्य गर्न सर्वप्रथम आफ्नो घरबाटै सुरुवात गर्न सुझाएकी थिईन ।
कम उमेरमै बालबालिकाको विवाह गर्दा उनिहरुको स्वास्थ्यमा हुन सक्ने र भईरहेको असरहरुको बारेमा चर्चा गर्दै उपाध्यक्ष चौरसियाले दाईजो प्रथा अन्त्य गर्न सबैले आ–आफ्नो घर परिवार र समाजमा सचेतना जगाउनु पर्नेमा जोड दिएकी थिईन ।
तालिममा गाउँपालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख रामप्रवेश साह लगायतको सहभागीता रहेको थियो ।

Related posts

सम्बन्धित निकाय मौन हुदा पर्सा मालपोत कार्यालय बिरगंजमा लफडा सेवा ग्राहीलाई सास्ती

hamronepaldainik

मुख्य नालामाथी बनेको क्लासिक होटलमा पनि चल्यो डोजर

hamronepaldainik

लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

hamronepaldainik
HamroNepalDainik