HamroNepalDainik.com
समाचार

यातायात कार्यालय सवारी चालक अनुमति पत्र शाखामा घुसको रकम फालाफाल

वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा घुसको रकम फालाफाल भएको समाचार प्राप्त हुन आएको छ ।

सवारी चालक शाखामा अनुमति पत्र प्राप्त नहुने जो सुकैले पनि मोटरसाईकल, कार, जिप, बस, ट्रक लगायतको सवारीहरुको अनुमति पत्रको लागि आवेदन दिने वित्तिकै कार्यालयका कर्मचारीहरु र केही बिचौलियाहरुले मोटरसाईकल, कार, जिप, बस, ट्रकको छुटा–छुटै दर बताएर रकम असुली गर्ने गरेको बताईन्छ ।

लिखित परीक्षाको नतिजा भोली पल्टै आए पनि ट्रायलको नतिजा भोलि पल्टै गर्नु पर्नेमा कर्मचारीहरुले सो नतिजालाई महिनौ दिन सम्म रोकी सेवाग्रहीहरु सँग कार्यालयको आन्तरिक दररेट बताई रकम असुल्ने गर्ने गरेको स्रोतले जनाएको छ । मोटरसाईकलको दररेट २० हजार, कार, जिपको दररेट २५ हजार र बस, ट्रकको दररेट ४० हजार राखी करौडौ करोड असुली गरी एकमुष्ट नतिजा प्रकाशित गरिरहेको कार्यलयका एक कर्मचारी नाम प्रकाशीत नगर्ने सर्तमा बताएका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र शाखालाई हाल सम्म कुनै नियम कानुनले नबाधेको जिकिर सचेत नागरिकहरुले गर्दै आईरहेका छन् । तथापि निर्वाध रुपमा भ्रष्टाचार भईरहदा पनि सम्बन्धित निकायको मौनताले अनेक किसिमको शंका उपशंका उब्जाएको प्रबुद्धवर्गहरुको भनाई रहेको छ ।

Related posts

जगरनाथपुरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता सम्पन्न

hamronepaldainik

सार्वजनिक जग्गा उत्खनन गर्ने स्काभेटरसहित ४ टिपर महानगरको नियन्त्रणमा

hamronepaldainik

सिभिल बैंकको वार्षिकोत्सवमा २ महिला सहित ३१ जनाले गरे रक्तदान

hamronepaldainik
HamroNepalDainik