HamroNepalDainik.com
समाचार

नेपाली काँग्रेस बिन्दवासिनी गा.पा.द्धारा झौवा स्कूलमा बृक्षारोपण

वीरगंज ९ साउन ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक स्व. वि.पी. कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा सोमबार बिन्दवासिनी गाउँपालिका वडा नं. ३ स्थित श्री रामस्वरुप रामपृत चौरसिया माध्यमिक विद्यालय झौवागुठीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस बिन्दवासिनी गाउँपालिका गाउँकार्यपालिका समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले स्कूल परिसरमा बृक्षारोपण गरी उदघाटन गर्नु भएको थियो । सो अवसरमा टिक, सखुवान, आमला, सपेता लगायत विभिन्न प्रजातिका करिब १५० विरुवाहरु स्कूल परिसरमा रोपिएको जनाईएको छ ।
रुख बोटबिरुवाले पर्यावरण जोगाउनमा महत्वपूर्ण भुमिका खेल्ने भएकोले सो बृक्षारोपण गरिएको नेपाली काँग्रेस बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष बिवेक कुमार चौरसियाले बताए ।
पार्टी पालिका अध्यक्ष चौरसियाको अध्यक्षतामा भएको बृक्षारोपणमा नेपाली काँग्रेसका पूर्व मन्त्री सुरेन्द्र चौधरी, पार्टी पर्सा जिल्ला सभापति जनाद्र्धन सिंह क्षेत्री, उपसभापति अशोक कुमार गुप्ता, जिल्ला प्रतिनिधि दिना गुप्ता, क्षेत्र नं. २ का सभापति महम्मद सहाबुदिन, बिन्दवासिनी गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष जयप्रकाश चौरसिया, वडा नं. ४ का अध्यक्ष अनोज कुमार चौरसिया, कार्यपालिका सदस्य शम्भु चौरसिया, गाउँसभा सदस्य मुकेश प्रसाद साह कानु, त्यसैगरी नेताहरु रामबेलास प्रसाद चौरसिया, उपनेश चौरसिया, प्रभु चौहान, मुनिलाल दास, विक्रम पटेल, स्कूलका प्रधानाध्यापक रामचन्द्र महतो, स्कूलका शिक्षक शिक्षिका, स्थानिय लगायततको उल्लेखनिय सहभागीता रहेको थियो ।

Related posts

सशस्त्र प्रहरी द्वारा लागु औषध सहित २ जना पक्राउ

hamronepaldainik

कर नबुझाउनेलाई कारबाही

hamronepaldainik

सर्पको टोकाइबाट नाबालक शिशुको मृत्यु , दोषीलाई कारवाही को माग।

hamronepaldainik
HamroNepalDainik