HamroNepalDainik.com
समाचार

समाचार लेखेकै कारण पत्रकारलाई टाउँको काट्ने तस्करको धम्की

वीरगन्ज (पर्सा), २० असार / वीरगन्जबाट प्रकाशित ‘नेपाल पोष्ट डेली’ दैनिक पत्रिकाका उप–सम्पादक एवं नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य संतोष साहलाई समाचार लेखेको बिषयलाई लिएर एक जना तस्करले फोनमा ज्यान मार्ने धम्की दिएका छन् ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा पर्ने गादी खोलाबाट अबैध रुपमा बालुवा गिट्टी एवं नदिजन्य पदार्थको उत्खन्न तस्करी र चोरी निकासी हुने गरेको शिर्षकमा नेपाल पोष्ट मिडिया प्रा.लि.द्वारा संचालित नेपाल पोष्ट डेली डटकममा असार १८ गते प्रकाशित भएको समाचारको बिषयलाई लिएर पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ गादी वस्ने तस्कर समूहका नाइके दिपक रसाईलीले साहलाई ज्यान मार्ने धम्की दिएको हो ।
बिगत लामो समय देखि सो खोलाको ठेक्का समेत नलागेको तथा संघिय सरकारले समेत सो खोला जंगल अधार क्षेत्र भित्र पर्ने भएको कारण खोलाबाट बालुवा गिट्टी तथा नदिजन्य पदार्थको उत्खन्नमा रोक लगाएको थियो । बिगत ३ बर्ष देखि खोलाको ठेक्का समेत लागेको छैन् । तर दिनहु सो समुहले खोलाबाट बालुवा गिट्टीको उत्खन्न चोरी निकासी तथा तस्करी गर्ने गरेको छ ।
सो बिषयमा नेपाल पोष्ट डेली डटकममा समाचार प्रकाशित भएका प्रहरीले खोलाको निगरानी बढाएमा आतिएका रसाईलीले साहलाई गाली ग्लौज गर्दै ज्यान मार्ने धम्की दिएको दिएको साहले बताए । उनले समाचार डिलेट गर्न दबाव दिएको तथा समाचार लेख्ने पत्रकारलाई टाउँको काटी दिने भन्दै धम्की दिएको साहले जानकारी दिए ।

धम्कीप्रति समाजवादी प्रेस संगठनको गम्भिर ध्यानाकर्षण
नेपाल पोष्ट डेली दैनिकका उप–सम्पादक संतोष साहलाई ज्यान मार्ने धम्की आएको छटना प्रति समाजवादी प्रेस संगठन नेपाल पर्साले खेद प्रकट गरेको छ । समाजवादी प्रेस संगठन नेपाल पर्साले एक प्रेस बिज्ञप्ती प्रकाशित गरि घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष मनोज पटेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा दोषी माथी कडा कारवाहीको माग गरिएको छ ।
बिज्ञप्तीमा समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचार खोज्नु पर्नेमा पत्रकारमाथि यसप्रकारले प्रस्तुत हुनु निन्दनीय र प्रेसविरोधी काम रहेको उल्लेख गरिएको छ । संगठनले यस्ता प्रेसविरोधी घटना नियन्त्रणमा गम्भीर भई पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्नुको साथै पिडकलाई कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

Related posts

भरतपुरमा बोराभित्र दुईवटा शव भेटियो

hamronepaldainik

बिन्दवासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका उमेदवार चौरसिया लोकप्रिय बन्दै

hamronepaldainik

मदिरा, सुर्ती र चुरोटमा कर बढ्यो

hamronepaldainik
HamroNepalDainik