HamroNepalDainik.com
शिक्षासमाज

२१ दिने ब्यूटीसीयन सिप तालिम कर्यक्रम्म सम्पन्न

वीरगञ्ज । मधेश प्रदेशका प्रदेश सभा सदस्य मा. मंजुर अंसारी ज्यूको निर्वाचन क्षेत्र नं. ३ (क) को संसदीय विकास कोषको सहयोगबाट मुन्नी ब्यूटी पार्लरको आयोजनामा १०० जना युवती तथा महिलाहरुलाई २१ दिने ब्यूटीसीयन सिप तालिम कर्यक्रम्म सम्पन्न भएको छ ।

सिकाई आत्म निर्भर बनाउने अहम भुमिका खेल्नु भएका सभासद अंसारी रहेका छन् । मुन्नी ब्यूटी पार्लरको आयोजनामा समापन्न कार्यक्रम बहुदरमाई न.पा.–५ पटनी टोलमा एक कार्यक्रको आयोजना गरी सिप सिकाईएका ब्यूटीसियन तालिमको समापन्न तथा प्रमाण पत्रका साथै मा. मंजर अंसारीद्वारा पटनाीका युवती तथा महिलाहरुलाई २० वटा कुर्सी र ५ वटा टेबल त्यसैगरि बलिरामपुर टोलका युवती तथा महिलाहरु २० वटा कुर्सी र ५ वटा टेबल र १ वटा हरमुनीया त्यहाँका स्थानीयलाई हस्तान्त्रण गरेका थिए । यसमा अहम भुमिका खेल्नु भएका प्रशिक्षक सलमा खातुन, अल्या अहमद, अलिजा अहमद, नेतागन तथा पत्रकारहरु लाई सम्मान गरिएको थियो ।

सो कार्यक्रका प्रमुख अतिथि मा. हरिनारायण रौनियार, बिशिष्ट अतिथि मा. मन्जुर अन्सारी बिशिष्ट अतिथि मा. करिना बेगम, भिमा यादव, अतिथि बहुदरमाई न.पा. का मेयर सिंगासन साह तेली, पूर्व गा.पा.अध्यक्ष विशुन देव मुखिया नेतागन, मधेशका सुपर स्टार गायक सुनिल पण्डित, टिकटक स्टार आर्यनको विशेष सांसकृति कार्यक्रमबाट चेली बेटीहरुलाई उत्साहित बनाउन जन समुदाय महिला दिदि बहिनीहरुको बाक्लो सहभागीता रहेको थियो ।

Related posts

तराईमा चिसो बढेको कारणले छिपहरमाई गाउँपालिका क्षेत्रका बिधालय बन्द

hamronepaldainik

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

hamronepaldainik

वीरगञ्जलाई शैक्षिक हब बनाउन सबैले सहकार्य गरौँ : मेयर सिंह

hamronepaldainik
HamroNepalDainik