HamroNepalDainik.com
समाचार

बर्दियामा गोली लागेर एकको मृत्यु

१७ असार, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ ।

बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।

उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिए ।

गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताए । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।

Related posts

वीरगन्जमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सम्बन्धी तयारी बैठक सम्पन्न

hamronepaldainik

बिरगंज -१९ बर्वा-गोगमा वृक्षारोपण कार्यक्रम सम्पन्न

hamronepaldainik

प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगन्जमा प्रभात फेरी

hamronepaldainik
HamroNepalDainik