HamroNepalDainik.com
समाचार

बहुदरमाईमा जलाउँदै गरेको एक किशोरीको शव बरामद

वीरगन्ज । १६ असार, पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैया स्थित शम्सानघाटमा जलाउदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

विश्रामपुरका श्यामबाबु प्रसाद कलवारकी छोरी १४ वर्षिया महिमा कुमारीको शव , छपकैया स्थित शम्सानघाटमा बुधबार राति जलाउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

शव , पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । गोप्य रुपमा रातिको समयमा शव जलाउने मृतक बालिकाका बुबा , दाजुभाइ र आफन्तहरु फरार रहेका छन् । प्रहरीले मृतक किशोरीकी आमा, दिदी र ठूली आमालाइ नियन्त्रणमा लिएर राखेको छ । सोधपुछका लागि तीनै जनालाइ नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

Related posts

प्रधानमन्त्री र शिक्षक महासंघका पदाधिकारीहरु बीच छलफल

hamronepaldainik

चिसो बढेपछि विपन्न परिवारलाई आलम द्वारा कम्बल वितरण

hamronepaldainik

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik