HamroNepalDainik.com
समाचार

बिरगंज बसपार्कमा खुलेआम देह व्यपार ,रेडलाईट एरिया बनेको भन्दै स्थानिय चिन्तामा

वीरगन्ज (पर्सा), १५ असार ।
वीरगन्ज बसपार्क स्थित अहिले यौन व्यावसाय व्यापक फस्टाएको छ । किशोरी उमेरदेखिका युवतीहरुदेखि अधवैसे युवतीहरु बसपार्क क्षेत्रका होटलमा खुलेयाम यौन व्यावसाय गरि रहेका छन् । बसपार्क क्षेत्रभित्रै रहेका होटलदेखि आसपास क्षेत्रका होटलहरुमा अर्धनग्न बस्त्र लगाएका किशोरी तथा महिलाहरु यौन व्यवसायका लागि ग्राहक कुरि रहेका सहजै तरिकाले देख्न सकिन्छ । यसले गर्दा त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पनि दुःख खेप्नुपर्ने अवस्था सृजना भएको छ ।
केही दिन अघिसम्म राति राति बसपार्क क्षेत्र लगायत बाइपास सडकमा तेश्रोलिङ्गीहरुले यौन व्यवसायका लागि ग्राहक खोज्ने गरेको अवस्थामा हाल आएर किशोरी तथा अधवैशे महिलाहरु नै यौन व्यवसायमा सक्रिय भएका छन् । बसपार्क क्षेत्रमा रहेका सानो एउटा खाजा खाने होटलमा १० देखि १५ जना किशोरी युवती तथा अधवैशे महिलाहरु यौन व्यावसायका लागि राखिएका छन् । खाजा नास्ता खाने बहानामा होटलमा प्रवेश गर्ने ग्राहकहरुले रु ७ सय देखि ५ हजारसम्म पैसा तिरी यौनसम्पर्क गर्ने गरेका छन् ।
वीरगन्जको बसपार्कमा रहेको प्रहरी चौकी अगाडि बसपार्क ढाठ अगाडि रहेका होटलहरुमा पनि खुलेयामा यौन व्यवसाय हुने गरेको छ । त्यही ढाठ नजिकै बसपार्क प्रहरी चौकीका प्रहरी ड्युटी गरि रहेका हुन्छन्, त्यही प्रहरीकै अगाडिबाट यौन व्यवसायीहरु होटल एवं लजमा गएर यौन क्रियाकलाप गर्ने गरेका छन् । बसपार्क प्रहरी चौकीलाई यौन व्यवसायी होटलहरुका साहुले महिनावारी रकम बुझाउने गरेका कारण प्रहरीले आँखा चिम्लिने गरेको बताइएको छ ।
वीरगन्जमा यौन व्यवसाय अन्त्य नै भइसकेको अवस्थामा पर्साका घुमुवा प्रहरी लगायत बसपार्क प्रहरी चौकीको संरक्षणमा त्यस क्षेत्रमा खुलेयाम यौन व्यवसाय हुने गरेको स्थानीयहरुको भनाई छ । उनीहरुका अनुसार त्यस क्षेत्रमा एउटा प्रतिष्ठित व्यक्तिलाई आउजाउ गर्न समेत गाह्रो भएको छ । दिनदहाडै युवतीहरु ग्राहक खोजी रहेका हुन्छन्, बाहिरबाट आएका युवाहरुले होटलका दलाल महिलाले बोलाएर बार्गेनिङ्ग गरि यौन व्यवसाय गर्ने गरेको उनीहरुको भनाई छ । यसबाट त्यस क्षेत्रमा हिँड्ने अन्य महिलाहरु पनि असुरक्षित रहेको स्थानीयहरुको भनाई छ । अब जो सुकै युवाहरु बाहिरबाट आएपछि त्यस क्षेत्रमा हिँड्ने महिलाहरुलाई यौन व्यवसायी नै सम्झन्छन्, जसले गर्दा प्रतिष्ठित व्यक्तिलाई त्यस क्षेत्रमा हिँड्न समेत गह्रो भएको छ, प्रहरी त स्वयमँ उनीहरुलाई संरक्षण गर्ने गरेको स्थानीयहरुको भनाई छ ।

Related posts

सशस्त्र प्रहरीले बरामद गर्यो ३२ करोड बराबरको अबैध मालसमान

hamronepaldainik

बिरगंजमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

hamronepaldainik

प्रदिप यादवलाई मन्त्री नबनाएपछि उपेन्द्र यादवलाई काला नाग भन्दै वीरगंजमा प्रदर्शन

hamronepaldainik
HamroNepalDainik