HamroNepalDainik.com
समाचार

जनशक्ति अभावले सेवाप्रवाहमा समस्या

वीरगन्ज / मधेश प्रदेश र बागमती प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको वीरगञ्ज स्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा कठीनाई हुँदै आएको छ ।

कार्यालयमा हाल ११ जना कर्मचारी हँुदा सेवाप्रवाहमा कठीनाई हँुदै आएको कार्यालयका निमित्त कार्यालय प्रमुख नोमनाथप्रसाद यादवले जानकारी दिनुभयो । उक्त कार्यालयको कार्य क्षेत्र बागमती प्रदेश अन्तर्गत चितवन तथा मकवानपुर र मधेश प्रदेश अन्तर्गत पर्सा, बारा, रौटहट, महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सर्लाही पर्दछ ।

उक्त कार्यालयको काम आयात निर्यातका लागि अनुमति प्रदान, व्यावसायिक प्रयोजनका फर्म दर्ता, नवीकरण, बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ता जागरणलगायतका छन् । यद्यपि कार्य क्षेत्र ठूलो छ कर्मचारी निकै कम हुँदा सबै जिल्लामा पुगेर काम गर्न कठिन भएको कार्यालयका सूचना अधिकारी दिलीप खड्काले जानकारी दिनुभयो । कर्मचारीको अभावमा सबै जिल्लामा पुगेर अनुगमन गर्न सकिएको छैन् । थोरै जनशक्ति छ काम धैरे छन् ।

निमित्त कार्यालय प्रमुख यादवले भन्नुभयो, “ कार्यालयमा सेवाग्राहीको चाप छ । अनि कुन समयमा पुगेर १० जिल्लामा अनुगमन गर्न सकिन्छ,जनशक्ति अभावमा काम गर्न कठीनाई छ ।” हाल कार्यालयमा शाखा अधिकृत एक, नायब सुब्बा दुई , खरिदार एक , कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी दुई र एक सरसफाइकर्मी छन् । सो कार्यालयमा एक उपसचिवको दरबन्दी भए पनि वर्षौदेखि उपसचिव बस्ने गरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज, नेपालगन्ज, धनगढी, र भैरहवामा मातहातका कार्यालय रहेका छन् ।

सेवाग्राहीको कामलाई पर्सा प्रशासनद्वारा समय थप सेवाग्राहीको चापलाई मध्यननजर गदै जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालय समय थप गरेको जनाएको छ । पासपोर्ट (राहदानी) र राष्टिूय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेकाले ती दुवै सेवाका लागि जिल्ला प्रशासन कार्यालय पर्साले समय थप गरेको हो । ती दुवै सेवाका लागि सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५.३० बजेसम्म कार्यालय सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । रासस

Related posts

नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साद्धारा खुल्ला आर्ट प्रतियोगिता, रविराज प्रथम

hamronepaldainik

बृहत मेला तथा कुस्ती प्रतियोगिता सम्पन्न

hamronepaldainik

आर्थिक मन्दीको कारण वीरगन्ज भन्सारमा थन्किए १२०० सयभन्दा बढी सवारीसाधन

hamronepaldainik
HamroNepalDainik